काठमाडौं, ८ फागुन । अमेरिकाका ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्प रियल एस्टेटका ठूला कारोबारी हुन् । उनी सुविधासम्पन्न जीवनशैलीले चर्चामा छन् । ‘बिजनेस इनसाइडर’ का अनुसार ट्रम्पका नाममा एकसय भन्दा बढी सुविधा सम्पन्न गाडी छन् ।
उनीसंग १९९७ लम्बोर्गघीनी डाइब्लो छ । यो इटालियन कम्पनीको सबैभन्दा महंगो गाडी मध्येको एक हो । उनले यो कार बेचिसकेका छन् । यसका एक्सटीरिअर व्याजमा कम्पनीले ट्रम्पको नाम पनि लेखिदिएका थिए ।
२००३ मा आई मर्सेडी–बेजको स्पोर्ट्स कार एसएलआर मैकलैरिन पनि ट्रम्पकै नाम छ । दुई सिट भएकै कारण उनी आफै ड्राइभ गर्थे । यो एक परिवर्तनीय आवरण भएको कार हो । जुन अहिलेसम्म तीनसय कार मात्रै बनेका छन् ।
टेस्लाको स्पोट्स कार रोडस्टर ट्रम्पको मन पर्ने कार हो । यो पूर्णतया विजुली शून्य उत्सर्जन कार हो । यो ‘ग्रीन’ कार पर्यावरणका लागि शत–प्रतिशत सुरक्षित मानिन्छ ।
ओपन स्पोर्ट्स कारसंग ट्रम्पको सम्बन्ध पहिलेदेखिनै छ । उनको कार कलेक्शनमा १९९३ को केडलक अलान्टे पनि सामेल छ । जो एक २ सीटर स्पोर्ट्स कार हो । यो ट्रम्पको पहिलो कार हो । जसलाई उनले १९५६ मा खरिद गरेका थिए । ट्रम्प रोल्स राककयस ब्रैंडका शौखिन मानिन्छन् ।



















प्रतिक्रिया