२८ आश्विन २०८३, बुधबार

उत्तर कोरियाली राष्ट्रपतिका दाई किमको हत्या कसरी भयो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उनका दाई किम जोङ्ग नामको सोमबार मलेसियाको राजधानी कोलालम्पुरमा हत्या भएको छ ।

किम जोङ्ग–नमलाई विष पिलाएर मारिएको आशंका गरिएको छ । किम सोमबार कोलालम्पुरबाट मकाउ जान फ्लाइट पक्रिने तयारीमा थिए । सोही दिन उनीमाथि क्यामिकल आक्रमण भएको बताइएको छ । तर, उनको मृत्यु भएको मंगलबार मात्रै सार्वजनिक गरिएको छ ।

घटनाका बारेमा मलेशियाको प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीको अनुसन्धानका क्रममा सीसी टिभीको फुटेज पनि हेरिएको छ । जसमा किमको अगाडि पछाडि दुई महिलाहरु देखिएको र कही छिनपछि उनीहरु ट्याक्सीमा चढेर गएको देखिएको छ ।

अमेरिकी सरकारी स्रोतका अनुसार उत्तर कोरियाको एजेन्टले नै किमलाई विष दिएर मारेको जनाएको छ । तर, यसबारेमा ह्वाइट हाउसले कुनै आधिकारिक टिप्पणी गरेको छैन ।

आखिर के भयो त्यस दिन ?

मलेशियाको स्टार न्यूज पेपरले प्रहरी स्रोतलाई उदृत गर्दै भनेको छ– ‘किम जब क्वालालम्पुर अन्तरराष्ट्रिय एयरपोर्टको टर्मिनलमा मकाउका लागि फ्लाइट पर्खिरहेका थिए, सोही बेला उनीमाथि हमला भएको छ ।’

अधिकारीहरुका अनुसार उनीमाथि केमिकल आक्रमण भयो वा मुखमा कपडा राखेर मारिएको छ । यसभन्दा अगाडिको रिपोर्टले उनीमाथि स्प्रे वा छडीको प्रयोग गर्दै मारिएको भन्ने देखाएको थियो । उनको मृत्यु अस्पताल लैजाँदै गर्दा भएको थियो ।

शव पहिचान गर्नमा किन ढिलाई भयो ?

मंगलवार दक्षिण कोरियाका सञ्चार माध्यमहरुले नाम भने तर, मलेशियाई प्रशासनले भने कुनै अज्ञात उत्तर कोरियाली नागरिकको एयरपोर्टमा मृत्यु भएको जनाएको थियो ।

उसले बिरामी अवस्थामा रहेको व्यक्ति अचानक ढलेको भनेको थियो । त्यसपछि प्रहरीको अनुन्धान गर्दा मृतक व्यक्तिको नाम किम चोल र जन्म तिमि १० जून १९७० बताएको थियो । यद्यपी किम जोङ्ग–नमको जन्म मिति १० मे १९७१ मा भएको मानिन्छ ।