२८ आश्विन २०८३, बुधबार

पाकिस्तानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्वेटा (पाकिस्तान), २६ माघ । बुधबार बिहान सबेरै पाकिस्तानमा ६.३ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगोर्लिक सर्वेक्षण संस्थाले सो जानकारी दिएको छ ।

तर भूकम्पबाट मानवीय र सम्पत्ती क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ३ः०३ बजे सो भूकम्प गएको हो ।

सो भूकम्पको केन्द्रविन्दु दक्षिणपश्चिमी तटीय सहर पास्नीबाट २३ किलोमिटर टाढा रहेको छ ।

सन् २०१५ को अक्टोबरमा पाकिस्तानी र अफगानिस्तानको सीमा क्षेत्रमा गएको ७.५ रिक्टर स्केलको भूकम्पबाट करिब चार सय व्यक्तिको मृत्यु भएको थियो ।

सन् २००५ को अक्टोबर ८ मा पाकिस्तानको नियन्त्रित काश्मिरमा गएको ७.६ रिक्टर स्केलको भूकम्पबाट करिब ७३ हजार व्यक्तिको मृत्यु भएको थियो ।

यस भूकम्पको कारण करिब तीन लाख ५० हजार व्यक्ति घरवारविहिन भएका थिए । – सिन्ह्वा