काठमाडौं, २६ माघ । काठमाडौं उपत्यकामा नयाँ रोग देखिएको छ । यो कस्तो रोग भने कुनै व्यत्तिले एकदिनभन्दा बढी जग्गा राख्दै नराखने, बेचिहाल्ने । आज किन्यो भोलि बेच्यो । तर, चुरो कुरो भने बेग्लै रहेछ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
यी सब काम काजमा मात्रै हुने । त्यो पनि बिक्री मूल्यमा रु ३० लाखमात्रै देखाएर । उपत्यकाका सात मालपोत कार्यालयमार्फत साउनदेखि यता लगभग १०० वटा यस्ता कारोबार भएको स्रोत बताउँछ ।
जसले राज्यलाई करोडौं चुना लगाएको छ । मालपोत कार्यालयमा फोटोकपीको भरमा यसरी हुने कीर्ते खेलमा कर्मचारीहरूको हात रहेको छ । जसबाट लेखनदास र दलालसँग मिलेर पुँजीगत लाभकर छल्ने कार्य हुँदै आएको छ ।












प्रतिक्रिया