१३ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्रीका बाबु–छोरा नै पड्किएपछि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ माघ । सिंहदरबारभित्र प्रधानमन्त्री पड्किने कुरा पनि कस्ता–कस्ता ? सुन्दा उदेकलाग्दा ! कुरा जम्माजम्मी स्टोर शाखमा काम गर्ने दुईजना कर्मचारीको थियो । तर, यही कुरालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र मुख्यसचवि सोमलाल सुवेदीबीच लगफत्ति चलेको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

पहिला–पहिला इन्धनमा मासिक १७ लाख करिव खर्च हुन्थ्यो । तर, अहिले घटेर सात लाखको पुगेको छ । यसको कारक हुन्, सुरुवा गरिएका उनै अधिकृतहरू । यसरी सरकारी कोषको १० लाख रुपियाँ फजुल खर्च गराउने कर्मचारी सारिँदा प्रधानमन्त्री खुसी हुनुपर्ने । तर, भएनन् । ‘तपाईले यो के गर्नुभएको ?’ भन्दै बिहीबार मुख्यसचिवसँग कड्किए ।

‘बाहिर मलाई हजुरकै मान्छेहरूले अनेकथोक भन्ने गरेका छन् । राज्यकोषको लाखौँ रकम यसरी बचाएको छु’, सुवेदीले भने । तर, प्रधानमन्त्री ‘हामीलाई सहयोग गर्ने कर्मचारीलाई के–कति कारणले सुरुवा गर्नुभएको हो ? नियत के हो ? भन्दै फेरिए कराए । यसको केही दिनपछि प्रधानमन्त्री पुत्र प्रकाश पुगे, मुख्यसचिवसँग कराउन ।

‘यसरी कर्मचारी सुरुवा गर्न रहर भए तपाईलाई सामन्यमा पूर्णचन्द्र भट्टराईको ठाउँमा पठाएर उहाँलाई यता बोलाए के हुन्छ’भन्दै प्रकाशले पनि ठेगान लगाइदिए ।