काठमाडौं, २६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार ७४ जिल्लाको अधिवेशन गरेको छ । २९ जिल्लामा सहमतिबाट र ४५ जिल्लामा निर्वाचन भएको छ । बारा जिल्लामा मात्रै अधिवेशन हुन बाँकी छ । निर्वाचन भएका ४५ मध्ये काठमाडौं र डडेल्धुराको नतिजा पनि आइसकेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘मंगलबार राप्रपाको बाराबाहेकको ७४ जिल्लामा अधिवेशन भए, यसमा ३१ जिल्लाको नतिजा मंगलबार नै आयो,’ राप्रपा प्रवक्ता राजाराम श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘२९ जिल्लामा सहमति र दुई जिल्लाको निर्वाचनबाट नेतृत्व चयन भएका छन् । बाँकीको नतिजा बुधबार आउँछ ।’ आगामी ६ देखि ९ फागुनसम्म काठमाडौंमा राप्रपाको एकता महाधिवेशन हुँदै छ ।
मंगलबार बेलुकासम्म आएको परिणामअनुसार डडेल्धुरा र काठमाडौं जिल्लामा मात्र निर्वाचनबाट अध्यक्ष निर्वाचित भए । जिल्ला कार्यसमितिको बाँकी पदाधिकारी भने अध्यक्षले चयन गर्नेछन् । ३१ जिल्लामा परिणाम आउँदा बहुमत अध्यक्ष थापानिकटका आएको बुझिएको छ ।
अहिलेसम्म कहाँ को अध्यक्ष भए ?
– दिनेश श्रेष्ठ, भक्तपुर
– योगेन्द्र शाही, डोल्पा
– कालीबहादुर शाही, हुम्ला
– कुमारबहादुर थापा, धनकुटा
– चन्द्र महादेन, ताप्लेजुङ
– डा. सुरेश बस्नेत, भोजपुर
– बद्री तिमल्सिना, चितवन
– सागरप्रताप राणा, रुपन्देही
– वसन्तविक्रम पाण्डे, गुल्मी
– विनोद घर्ती, तनहुँ
– अम्बरबहादुर विष्ट, झापा
– पदमकेशर कार्की, संखुवासभा
– उम्भेश्वर साह, सप्तरी
– राजेन्द्र गुरुङ, ओखलढु्रंगा
– दीपक कुँवर, अर्घाखाँची
– ओमबहादुर सिंह, नवलपरासी
– धुलबहादुर कुँवर, पाल्पा
– लालबहादुर कठायत, डोटी
– ध्रुव रायमाझी, उदयपुर
– प्रभाकर सिंह, सर्लाही
– मीनबहादुर शाही, अछाम
– सुरेन्द्र खड्का, बाग्लुङ
– भरत वाइबा, रामेछाप
– दीपक गुरुङ, मनाङ
– नवराज सिम्खडा, काठमाडौं
– जितबहादुर शाही, बाजुरा
– भीम राई, सोलुखुम्बु
– राजेश्वर राय, महोत्तरी
– हिक्मत साउद, डडेल्धुरा
– रोहितबहादुर कार्की, सुनसरी
– पूर्णबहादुर चन्द, कञ्चनपुर
– काठमाडौं र डडेल्धुरामा निर्वाचनको परिणाम र अन्यमा सहमति












प्रतिक्रिया