२८ आश्विन २०८३, बुधबार

हिमालय क्षेत्रमा ठूलो भूकम्प जान सक्ने खतरा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २५ माघ । रुद्रप्रयागमा आएको भूकम्पले हिमालय क्षेत्रमा ठूलो भूकम्प आउन सक्ने संकेत दिएको छ । इन्डियन र यूरेशियन प्लेटमा भइरहेको एकआपसको टकरावले हिमालय क्षेत्रमा हजारौं वर्षदेखि उर्जा जपिँदै गइरहेकाले तिब्र गतीको भूकम्प जाने संकेत देखिएको हो ।

उर्जाको दबाव बढ्दै गएपछि हजारौं वर्षदेखि हिमालय क्षेत्रमां सुसुप्तावस्थामा रहेको भूकम्पको पट्टि सक्रिय भइरहेको छ । यसले गर्दा ठूलो भूकम्पको ऊर्जा बाहिर निस्कन सक्छ ।

इन्डियन प्लेट यूरेशियन प्लेटको जति तल जान्छ त्यति नै हिमालय क्षेत्रमा भूकम्पको झट्का जेत हुन सक्छ ।

भूगर्भमा भरिन लागेको ऊर्जाले भूकम्प आउने बढी सम्भावना छ । भाम्पकर वाडिया हिमालय भू–विज्ञान संस्थानले हिमालय क्षेत्रमा भूकम्पको तरंग मापन गर्ने १० ब्रड बेन्ड सीइसमोग्राफ संयन्त्र लगाएको जनाएको छ ।

यसअघि १६ सेप्टेम्बरमा सेन्स फ्रान्सिसको अमेरिकामा भएको जियो फिजिकल यूनियनको कन्फ्रेन्समा हिमालय क्षेत्रमा करिब ९ रेक्टर स्केलसम्मको भूकम्प आउन सक्ने निष्कर्ष निकालिएको थियो ।

सन १९५० मा आसम आएको ८ रेक्टर स्केलको भूकम्पपछि ठूलो तिब्रताको भूकम्प आएको छैन । बैज्ञानिकहरुको अनुसार हिमालय भूगर्भमा ऊर्जा भरिनेक्रम जारी छ । जसले भूकम्पको खतरा अप्रत्याशित रूप बढ्न सक्छ ।