काठमाडौं, २२ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्ध आदेश जारी गरेलगतै मुस्लिम बहुल ७ देशका नागरिकको भिसा रद्द गर्ने कार्य सुरु भएको छ । अमेरिकाद्वारा जारी गरिएका १ लाख नागरिकको भिसा रद्द गरिएको जनाइएको छ ।
एक सरकारी वकिलले सञ्चार माध्यमलाई जानकारी दिएअनुसार राष्ट्रपतिले यात्रा प्रतिबन्ध आदेश जारी गरे लगतै भिसा रद्द गरिने कार्य भएको बताएका छन् । आजमात्रै भर्जिनियाको संघीय अदालतमा दुई जना यमनी दाजुभाईको तर्फबाट मुद्दा दर्ता गराउने क्रममा वकिलले यस्तो तथ्य फेला पारेका हुन । ती दुई जनालाई गएको शनिवार अमेरिकाको डल्लास एयरपोर्ट बाट ईथियोपिया जाने प्लेनमा राखिएको थियो ।
यद्यपी भिसा भएका कति जनालाई डल्लास एयरपोर्टबाट फिर्ता पठाइयो भन्ने बारेमा भने उनले जानकारी दिन सकेनन् ।
सरकारी वकिलले १ लाख भनिरहेका बेला स्टेट डिपार्टमन्टले करिब ६० हजार भएको जनाएको छ । स्टेट डिपार्टमन्टको काउन्सिलर ब्युरोकी प्रवक्ता भर्जिनिया एलीएटले बताए अनुसार यो प्रकृयाले अमेरिका भित्रै भएकालाई असर गर्ने छैन् तर अमेरिका छोडेर गएपछि फिर्ता हुँदा भने असर गर्नेछ ।
पति ग्रीन कार्ड भएका सबैले अमेरिका प्रवेश पाउने छन्, तर त्यो पनि व्यक्तिपिच्छे फरक हुन सक्ने जनाइएको छ ।
राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशले सिरियन शरणार्थीहरुलाई अनिश्चित कालका लागि र अन्य शरणार्थीका लागी १ सय २० दिन सम्मकालागि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ । त्यसै गरि मुस्लिम बहुल ७ देशका नागरिकहरुलाई ९० दिन अमेरिका प्रवेशमा रोक लगाएको छ ।
यसैबीच न्यूयोर्क र म्यासाच्युटस्का संघीय न्यायाधीशले भन्सार र सीमा सुरक्षा अधिकारीलाई प्रवेश अनुमति पाए यात्रुलाई बन्दी नबनाउन र फिर्ता नपठाउन आदेश दिएका छन् ।













प्रतिक्रिया