२८ आश्विन २०८३, बुधबार

निर्वाचनको विरोधमा माओवादीले सरकारी गाडी जलाइदिए, शुरू भयो ‘जनयुद्ध’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २१ माघ । संदिग्ध माओवादी कार्यकर्ताहरूले भारतको उत्तराखंडमा हुन लागेको विधानसभा चुनावको विरोधमा सरकारी गाडीमा आगो लगाउनुका साथै निर्वाचन विरोध गतिविधी थालेका छन् ।

उत्तराखंडमा १५ फेब्रुअरीमा विधानसभा चुनाव हुँदैछ । सोही चुनावको विरोधमा बिहीबार नैनीताल जिल्लाको धारी क्षेत्रमा सरकारी गाडीमा आगजनी गरेको स्थानीय प्रहरीले जनाएको छ । गाडीमा आगो लगाएपछि माओवादी कार्यकर्ताले सो क्षेत्रमा पोष्टर टाँसेर भागेको जनाइएको छ ।

सरकारी गाडीमा माओवादी कार्यकर्ताले आगो लगाइदिएपछि प्रशासनले पूरै कुमाऊं क्षेत्रमा सुरक्षाकर्मीलाई हाईअलर्टमा राखेको छ ।

नैनीतालका वरिष्ठ पुलिस अधीक्षक जन्मेजय खंडूरीका अनुसार जलेको सरकारी गाडी नजिकै फेला परेको पर्चामा माओवादीहरूले जनयुद्ध तेज गराउने चेतावनी दिइएको छ । पर्चामा जनयुद्धले मात्रै भारतीय जनताको अधिकार संरक्षित हुने उल्लेख गर्दै सिङ्गो देशलाई जनयुद्धमय बनाइने उल्लेख छ ।

पर्चामा विजय पाहरूको नाम उल्लेख छ । भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का सचिव समेत रहेका विजय पाहरूले निर्वाचनको विरोध गरेका छन् । – एजेन्सी