२८ आश्विन २०८३, बुधबार

इन्डोनेसियामा धावन मार्गमै विमान दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाकर्ता, २० माघ । इन्डोनेसियाका १३० जना यात्रुहरु लिएर उडेको एक विमान धावन मार्गमै बिहीबार दुर्घटनाग्रस्त भएको छ ।

अत्याधिक बर्षाका कारण धावनमार्गमा विमान रोक्नका लागि विमानको चक्कामा राख्न बनाइएको काठमा असन्तुलन हुँदा विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।

इन्डोनेसियाको राष्ट्रिय ध्वजाबहाक वोईङ ७३७–८०० दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको बताइएको अधिकारीले जानकारी दिएको छ । – एएफपी