४ मंसिर २०८३, शुक्रबार

रक्षामन्त्रीलाई मधेसी युवाको जवाफः बोर्डरको सुरक्षा त हामी गर्छौं, तपाईको अब कसले गर्छ ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । रक्षामन्त्री बालकृष्ण खाँडलाई एक मधेसी युवाले एकपटक आफ्नो निर्वाचन क्षेत्रमा जाने हिम्मत गर्न आग्रह गरेका छन् ।

पुस २७ गते सिरहा पुगेर रक्षामन्त्री खाँडले ‘के मधेसको बोर्डरको रक्षा गर्न ओली आएका हुन र ?’ भन्ने प्रश्न गरेपछि मधेसी युवा सञ्जीवकुमार झाले बोर्डरको सुरक्षा त आफूहरुले गरेको तर देशभक्त जनताबाट तपाईको अब कसले गर्छ ? भन्ने प्रश्न गर्दै जवाफ फर्काएका हुन् ।

एमाले निकट युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य समेत रहेका झाले भनेका छन्- ‘मधेसको बोर्डरको सुरक्षा त रैथाने मधेसीले गर्दै आएका छन र गरिराख्छ । तर अंगीकृतसंग मिलेर तपाईंहरुको मधेसलाई भारतमा गाभ्ने योजनाको भण्डाफोर केपी ओलीले नै गरेको हो मन्त्रीज्यू । मधेसलाई बचाएको पनि उहाँले नै हो ।’

उनले जनभावनाविपरित सत्ताको भोग विलासीमा रमाउने रक्षामन्त्रीलाई मत दिने जनता पनि अहिले पश्चातापको भट्टीमा जलि रहेको भन्दै भने- ‘एकपटक आफ्नो निर्वाचन क्षेत्रमा जाने हिम्मत त गर्नुस । रक्षामन्त्रीलाई नेपाली देशभक्त जनतासंग कसले रक्षा गर्ला ?’