४ मंसिर २०८३, शुक्रबार

बाबुराम भट्टराईले मधेसी मोर्चाका नेताहरूसँग परामर्श गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूलाई मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न बोलाएका छन् ।

काठमाडौंको बबरमहलमा अपरान्ह चार बजे हुने संयुक्त छलफलमा मुलुकको समग्र राजनीतिक विषयमा परामर्श हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए । ‘बाबुराम भट्टराईज्यूले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न बोलाउनु भएको छ’, उनले भने ।

यसअघि पनि मधेसी मोर्चाका नेताहरूसँग पटक पटक परामर्श गरिसकेका भट्टराईले संविधान संशोधनमा समर्थन जनाउँदै आएका छन् ।

उनले आदिवासी जनजाति, मधेसी, थारुलगायतका अधिकारहरूका पक्षमा आफू रहेको बताउँदै आएका छन् । छलफलमा राजनीतिक रुपमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा पनि छलफल हुन सकने बुझिएको छ ।