४ मंसिर २०८३, शुक्रबार

माघी पर्वबारे शान्ता चौधरी भन्छिन्- माघीमै कमलरी खरिद विक्री हुन्थे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । आज माघे संक्रान्ति अर्थात माघीपर्व । यो पर्वलाई विभिन्न क्षेत्र र समुदायका व्यक्तिहरुले विभिन्न नाममा बनाउने गरेको पाइन्छ । माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले मकर संक्रान्तिका रुपमा परिचित छ ।

चाकु, तरुल, खिचडी र तिलको लड्डुलजस्ता पोषिला खानेकुरा खाने अनि शरीरको दर्द हराउने पर्वका रुपमा पनि यो परिचित छ । आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजा गर्ने चलन पनि छ । विभिन्न समुदायले विभिन्न नाममा यो पर्व मनाउने गरेको छन् । अनेक नामले मनाइने एक पर्व माघे संक्रान्तिलाई थारु समुदायले माघी पर्वका रुपमा मनाउने गर्छन् । यो पर्व कुनै समय थारुहरु तथा थारु समुदायका चेलिबेटीहरुका लागि निकै पीडादायी हुने गथ्र्यो ।

पूर्व कमलरी तथा सांसदसमेत बनेकी शान्ता चौधरीले पनि माघी पर्व आउँदा आफ्नो विगतको सम्झना आउने गरेको बताइन् । उनले माघी पर्वमा नै थारु समुदायमा विगतमा कमैया कमलरी खरिद विक्री हुने गरेको जानकारी दिइन् ।

तर, अहिले त्यो प्रचलन इतिहास जस्तै बनेको छ । त्यही कमलरी परिवारबाट हुर्किएर सभासद्सम्म बनेकी शान्ता चौधरीले त्यो इतिहासको पीडा समाजिक सञ्जालबाट पनि पोखेकी छन् । ‘हामी थारुका लागि माघी अति महत्वको चाड हो, माघीको दिनमा कमैया कमलरी खरिदबिक्री हुन्थे तर यस्तो कार्य इतिहास भइसकेको छ ।

साथै उनले कुनै जमाना आफ्ना लागि पनि माघी पीडाको पर्व भएको भएपनि अहिले खुशी र रमाइलाको पर्व बनेको बताएकी छन् । यस अघिका वर्षहरु आफ्नै गृह जिल्ला माघी पर्व मान्दै आएकी चौधरीले यस वर्ष भने काठमाण्डौंमै मनाइरहेकी छन् । उनले माघीको अवसरमा सबैलाई सुख, शान्ति तथा समृद्धिको कामना गर्दै शुभकामना समेत दिएकी छन् ।