४ मंसिर २०८३, शुक्रबार

मधेसमा एमालेको अर्को ठूलो जनसभा हुँदै, ‘एमालेलाई विदा गर्छु’ भन्ने मधेसवादी दल आफै हराए!

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरमा एमालेको पक्षमा उर्लिएको जनसागर ।

काठमाडौं, १ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराईमा आफ्नो जनपरिचालन अभियानलाई तीव्र बनाएको छ ।

संविधानबारेको भ्रम चिर्न र एमालेमाथि लागिरहेको मधेसीविरोधी पार्टीको आरोप खण्डन गर्न एमालेको पूरै नेतृत्व पंक्ति चार महिनाअगाडि मधेस पसेको थियो ।

यसक्रममा धेरै जिल्लामा आमसभा, विरोधसभाजस्ता विविध कार्यक्रम गरी अभियानलाई तीव्र गतिमा अगाडि बढाइएको छ । र, आउँदो माघ ४ गते सुनसरीमा विशाल जनसभा आयोजना गरिएको छ ।

एमाले सुनसरी जिल्ला कमिटीको आयोजनामा क्षेत्र नम्बर ३ स्थित दुहवीमा हुन लागेको विशाल जनसभालाई एमाले महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

साथै सुनसरी जिल्ला कमिटीले जनसभामा सहभागी भइदिन सबैमा अपिल समेत गरेको छ । कार्यक्रमको तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

एमालेलाई विदा गर्छु भन्ने हराए

यता ‘मधेसबाट एमालेलाई व्याण्डबाजासहित विदाई गर्छाै । एमालेलाई मधेसका कार्यक्रम गर्न दिन्नौं’ भन्ने मधेसवादी दलहरु भने आफै हराएका छन् । मधेसका कार्यक्रम गर्न नदिने धम्की दिँदै आएका मधेसी दलहरु अहिले चुपचाप छन् । उक्त धम्कीको सामना गर्दै एमालेले धमाधम जनसभाहरु गरिरहेको छ ।

यसअघि सुनसरीकै हरिनगरामा वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरेको कार्यक्रममा २० हजार मधेसी जनता सहभागी थिए । मधेसवादी दलले साँझ विदाई गरेको एमालेको जनसभामा भोलिपल्ट हजारौं नागरिक सहभागी भएपछि निकै आलोचना भएको थियो ।