काठमाडौं, २९ पुस । व्यवस्थापिका संसदको आजको बैठकमा अनौठो दृश्य देखियो ।
जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद कान्ता भट्टराईले विशेष समयमा एक शब्द नबोलेर कविता वाचन गरिन् । उनले ‘सम्माननीय सभामुख महोदय’ बाहेक समसामयिक राजनीतिबारे केही बोलिनन् सिधा कविता बाचन गर्नतिर लागिन् ।
सभामुखले दिएको पूरा तीन मिनेट समय उनले कविता बाचन गरेरै सकिन् ।
विशेष समयमा अन्य सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहँदा कान्ताले भने पृथ्वी नारायण शाहका बारेमा लेखिएको कविता वाचन गरेकी हुन् । कागजको एउटा पन्नाको दुबैपट्टी लेखेर ल्याएको कविता उनले पढेकी हुन् ।
बोल्नका लागि छुट्याइएको ३ मिनेटको समय उनले कविता वाचन गरेरै खर्च गरिन् । उनले लय हालेर कविता वाचन गरिरहँदा गृहमन्त्री विमलेन्द्र निधिसहितका सांसदहरु मुसुमुसु हाँसिरहेका थिए । भने केही सांसदले तालीसहित ढ्याप ढ्याप पनि गरेका थिए ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=Q90TUQlH2H8&t=1326s












प्रतिक्रिया