४ मंसिर २०८३, शुक्रबार

मधेशी मोर्चाले निर्वाचन गर्न दिन्न भन्नु अराजकता: एमाले सचिव ज्ञवाली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २९ पुस । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेशी मोर्चाले निर्वाचन गर्न दिन्न भन्नु अराजक भएको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले मधेशी मोर्चाले लोकतान्त्रिक मूल्य मान्यताको विपरित गएर निर्वाचनमा जान्न भन्नु गलत भएको बताए । आफूलाई मधेशको हिमायती ठान्ने मधेशी मोर्चालाई मधेशको ८० सिट जितेर देखाउन चुनौती दिँदै उनले आठ/दश सिट जितेर आएकाले संशोधनको कुरा गर्नु अराजक भएको बताए ।

उनले निर्वाचनमा गएर जनताको ताजा जनादेश ल्याएर आफू अनुकुल संबिधान संशोधन गर्न मोर्चालाई आग्रह गरे । निर्वाचनले नै सबैको उद्देश्य पुरा गर्ने भएकाले यसको उपयोगबाट चुके मधेशी मोर्चा ईतिहासमा सिमित हुने उनले बताए । उनले संविधान कार्यान्वयनको पहिलो पाटो संशोधन नभएर निवार्चन भएको बताए ।

वर्तमान समयमा निर्वाचन सबैको मिलन बिन्दु भएको र संशोधन विधेयक प्रतिपक्ष लगायतका दलहरुको बिरोधका माझ पनि होहल्लामा टेबल गर्नु संसदको मर्यादाको बिपरित भएको भन्दै उनले मन्त्री पदको लोभमा संशोधन गर्ने रणनीतिले संसदमा द्वन्द्व बढ्ने बताए ।

उनले मधेशी मोर्चाकै कारण संघियताका बारे गलत भ्रम फैलन थालेको भन्दै नेपालमा तराई र पहाड छुट्टाउने जातजातिबीच दुरी बढाउने लगायतको काम भइरहेको भन्दै संघीयतालाई बिफल पार्ने काम विभिन्न शक्ति केन्द्रबाट भइरहेको आरोप लगाए ।