४ मंसिर २०८३, शुक्रबार

उपसभापतिमा निधिलाई होइन मलाई नियुक्त गर्छु भन्नुभएको छ : श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी उपसभातिमा आफू मनोनीत हुने दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता श्रेष्ठले भने, ‘सभापति शेरबहादुर देउवासँगको कुराकानीका बेला मलाई उपसभापति नियुक्त गर्छु । तपाईलाई नियुक्त गर्दा सबैको समर्थन हुन्छ भन्नुभएको छ ।’

विमलेन्द्र निधिले उपसभापतिमा दाबी गरिरहेका छन् नि ? भन्ने प्रश्नमा नेता श्रेष्ठले भने, ‘उहाँले दाबी गर्नुभएको होला ! तर मनोनीत मलाई गर्ने सहमति भएको छ ।’

उपसभापतिमा नियुक्त गरे कांग्रेसका अन्य साथीहरूलाई मिलाएर लैजान आफू सक्षम रहेको श्रेष्ठले बताए । उपसभापतिमा दाबी गरिरहेका सबै नेताहरूले आफ्ना लागि सहयोग गर्ने उनको भनाइ छ ।

खुमबहादुर खड्कालाई उछिट्याउँदै उपसभापतिमा विमलेन्द्र निधिले दाबी गरिरहेका बेला देउवा गुटकै प्रभावशाली नेता श्रेष्ठले सो पदमा आफ्नो दाबी अगाडि सारेका हुन् ।