काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल गर्नका लागि बोलाएका छन् ।
शुक्रबार बिहान नौ बजे प्रधानमन्त्री दाहालले आफ्नै सरकार निवास बालुवाटारमा मधेसी मोर्चाका नेताहरूलाई परामर्शका लागि बोलाएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।
‘संविधन संशोधन विधेयक र त्यसको परिमार्जनका विषयमा छलफल गर्न मधेसी मोर्चाले प्रधानमन्त्रीसँग छलफल गर्न चाहेको थियो’, उनले भने, ‘स्थानीय निर्वाचन र स्थानीय तह पुनर्संरचनाको प्रतिवेदनका विषयमा पनि मधेसी मोर्चाले आफ्नो फरक धारणा राख्नेछ ।’
संशोधन विधेयक संसदमा टेबुल भएपछि मधेसी मोर्चाले अब त्यसलाई परिमार्जनका लागि दबाब दिनुपर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका बेला मधेसी मोर्चाका नेताहरूलाई बालुवाटार बोलाएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले छिट्टै मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन् । दाहालले राप्रपा, फोरम लोकतान्त्रिक र साना दलहरूलाई लिएर मन्त्रिपरिषदको तयारी थालेका छन् ।











प्रतिक्रिया