४ मंसिर २०८३, शुक्रबार

नेपाल राजनीतिक संक्रमणको अन्त्यतिरः प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको बताउनु भएको छ ।

बिहीबार बिहान भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले भन्नुभयो- ‘नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको छ । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेस जगतको निकै ठूलो भूमिका छ । प्रेसको सकारात्मक भूमिका नभएको भए मौलिक ढंगबाट शान्ति र संविधानको प्रक्रिया सफलतामा टुङ्गाउन सम्भव पनि थिएन । हामीले नयाँ संविधान निर्माण गरेका छौं, संविधानले पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । प्रेस नै लोकतन्त्र र सुशासनको आधारस्तम्भ हो भन्नेमा सरकार स्पष्ट छ ।’

२१ औं शताब्दी सूचना र प्रविधिको युग भएको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘२१ औं शताब्दी सूचना र प्रविधिको युग हो । सूचना र प्रविधिको विकासले विश्व जगतमै महत्वपूर्ण परिवर्तन ल्याएको छ, सामाजिक जागरण ल्याएको छ । यसलाई विश्वस्तर र दक्षिण एसियामा संगठित गरेर अगाडि बढ्ने तपाईहरुको प्रयास प्रशंसनीय छ । नेपाल सरकार त्यसका लागि हातेमालो गर्न तयार छ ।’

भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्की, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरु साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्श्री, भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् चन्द्रमौली कुमार प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् ममताज् उद्दिन अहमेद लगायतको प्रतिनिधि मण्डलले प्रेस स्वतन्त्रताप्रति नेपालले देखाएको लचकताको प्रशंसा गर्नुभएको थियो ।