१३ कार्तिक २०८३, शुक्रबार

मन्त्रिपरिषद्मा प्रधानमन्त्री र मन्त्रीबीच भनाभन ! पृथ्वी जन्मजयन्ती मनाउन प्रधानमन्त्रीले मानेनन्

25k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । राष्ट्र निर्माताका रुपमा चिनिने पृथ्वी नारायण शाहको जन्मजयन्ती २७ पुसका दिन सार्वजनिक बिदा दिने विषय मन्त्रिपरिषद बैठकमा उठेको छ ।

कानुनमन्त्री अजयशंकर नायकले पृथ्वी नारायण शाह राष्ट्रिय एकताको प्रतीक भएको र उनको योगदानलाई सम्झेर सार्वजनिक बिदा दिउँ भन्ने विषय बैठकमा उठेको बताए । राजधानी दैनिकले समाचार छापेको छ ।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मन्त्रिपरिषद बैठकमा २७ पुस पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा घोषणा गर्न माग गरेका थिए । मन्त्री केसीले पृथ्वीनारायण साहले दिएको योगदान र भूमिकालाई बिर्सेर उनलाई अनादर गर्न नमिल्ने भन्दै २७ पुस मा सार्वजनिक दिनुपर्ने माग गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री केसीको माग अस्वीकार गरेपछि सार्वजनिक बिदा दिने कुनै निर्णय भने हुन सकेन ।

प्रधानमन्त्री दाहालले मन्त्री केसीको मागप्रति केन्द्रित हुँदै तपाईको कुरो ठीकै भएपनि यो राजनीतिक विषय भएकाले विभिन्न स्टेक होल्डरसँग छलफल र राजनीतिक सहमति बिना सार्वजनिक बिदा दिने निर्णय गर्न नसकिने बताएका थिए ।