१२ कार्तिक २०८३, बिहिबार

भारतमा नेपालीहरू असुरक्षित, तेल ल्याउँदै गरेका चालकलाई गोली प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १३ पुस । भारतको बरौनीबाट इन्धन ल्याउँदै गरेका एक जना नेपाली ट्यांकर चालकमाथि भारतको रक्सौलमा गोली प्रहार भएको छ ।

पोखराका लागि इन्धन बोकी आइरहेको ना५ख ८८४५ नम्बरको ट्यांकर चालक अमलेखगन्ज ४ बस्ने तुलाराम उपाध्यायमाथि अज्ञात समुहले गोली प्रहार गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

गोली प्रहारपछि अज्ञात दुई जनाले भारु चार हजार पाँच सय लुटेर लगेका छन् ।

सीमावर्ती भारतको रक्सौल बजारबाट तीन किलोमिटर अगाडि अज्ञात समूहले सुरुमा ट्यांकर चालक उपाध्यायलाई कटुवा पेस्तोलले टाउकामा हानेका थिए ।

सोको प्रतिकार गरेपछि चालकलाई बायाँ खुट्टामा गोली प्रहार गरी घाइते बनाएका हुन् ।

पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले चालकको अवस्था सामान्य रहेको जानकारी दिए ।