काठमाडौं, ११ पुस । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा केही न केही रोचक–घोचक भइरहन्छन् ।
केन्द्रीय समितिलाई बढाएर प्रचण्डले ३९९९ सदस्यीय बनाए पनि पदका लागि रुवाबासी गर्नेदेखि आत्महत्या गर्नेसम्मका धम्की पाउनबाट अध्यक्ष प्रचण्डमुक्त हुन सकेका छैनन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।
यस्तैमा केही समयअघि मात्रै पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकमा केही नेताले पदका लागि प्रचण्डसंग गरेको रुवाबासी तथा रडाको माओवादी केन्द्रका नेता तथा कार्यकर्ताबीच अहिले चट्पटे मसला बनेको छ ।
धम्की र रुवाबासी गर्नेमा अग्रपंक्तिमा देखिएकी माओवादी नेतृ शशी श्रेष्ठको चर्चाले माओवादीमा अरुभन्दा अलि बढी नै चर्चा पाएको छ ।
स्रोतका अनुसार माओवादी केन्द्रकी नेतृ श्रेष्ठले केन्द्रीय समिति बैठकमा आफूलाई हेडक्वाटरको कार्यालय सदस्य नबनाइएको भन्दै रुवाबासी नै गरेकी थिइन् । उनकले पम्फा हुँदा म किन नहुने भन्दै असन्तुष्टि पोखेको बताइन्छ ।
असन्तुष्टि पोख्दै श्रेष्ठले डाँको छाडेर रुने अवस्थामा पुगेपछि उपस्थितहरूले असजिलो महसुस गरेका थिए ।
स्रोतका अनुसार श्रेष्ठले हेडक्वाटर कार्यालयको सदस्य नबनाइएकोप्रति रोष प्रकट गर्दै प्रचण्डलाई राजीनामाकै धम्की दिएकी थिइन् ।














प्रतिक्रिया