१२ कार्तिक २०८३, बिहिबार

आईजी घुमघाममा, प्रमोसन जाममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । नेपाल प्रहरीमा बढुवा र सरुवाको काम धमाधम हुँदै गर्दा सशस्त्र प्रहरीमा भने ठप्प भएको छ ।

सशस्त्र प्रहरी बलमा रिक्त तीन डीआईजीका पदमा बढुवाका लागि प्रक्रिया अगाडि बढेको भए पनि निर्णय हुन सकेको छैन । तरुण साप्ताहिकले समाचार छापेको छ ।

सशीत्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईको कमजोरीका कारण बढुवा समितिको बैठक बस्न सकेको छैन ।

आईजीपी राई मेडल परेडमा दक्षिण सुडान जानुअगाडि नै सूचना निकाली बढुवाका लागि प्रक्रिया पुगेका उम्मेदवारलाई आफ्नो बायोडाटा र हालसम्म गरेको उत्कृष्ट कार्यहरूको फेहरिस्त पेस गर्न सात दिनको सूचना प्रकाशित गरिएको थियो ।

फागुन २ गते अवकाश पाउने आईजीपी राईले गृहजिल्ला भोजपुर पुगेर कल्याणकारी कोषको रकम वितरण गरिसक्दा पनि बढुवाको विषयमा कुनै समय दिइका छैनन् ।