१२ कार्तिक २०८३, बिहिबार

कांग्रेस–एमाले एजेन्डामा नजिकिँदै, निर्वाचनलाई सत्ता लम्ब्याउने गोटी बनाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल मुलुकलाई निकास दिनेभन्दा पनि आफ्नो पद लम्क्याउने बाटोको खोजीमा जुटेका छन् ।

मधेसी समस्या समाधानमा भन्दा आफ्नो पद लम्ब्याउन केन्द्रित देखिएपछि तत्कालीन प्रधानमन्त्री खड्कप्रसाद ओलीको विकल्प खोजिएको थियो । तरुण साप्ताहिकले समाचार छापेको छ ।

समस्या समाधानका लागि प्रधानमन्त्री बनाइएका प्रचण्ड पनि ओलीकै बाटोमा लागेको संकेत देखिएको छ । आगामी चैतमा स्थानीय तहको निर्वाचन गराउने र त्यसपछि नेपाली कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भद्र सहमतिअनुसार माओवादी अध्यक्ष प्रचण्ड गत साउनमा प्रधानमन्त्री बनेका थिए ।

तर यतिबेल उनी चैतमा चुनाव गराउन नसकिने बताउन थालेका छन् । उनको भनाइ छ, ‘सहमति भयो भने आगामी वैशाखमा चुनाव हुन सक्छ ।’

तर प्रचण्ड सहमतिका लागि भन्दा अरु नै कुरातिर केन्द्रित देखिएका छन् । प्रचण्डको पछिल्लो गतिविधिबाट शशंकित नेपाली कांग्रेसको मिति तत्काल तोक्न सरकारलाई दवाव दिने निर्णय गरेको छ ।

स्थानीय तह पुनर्संरचनाको मामिला बल्झँदै गएपछि कांग्रेसले पुरानै संरचनाअनुसार आगामी चैतमा स्थानीय तहको निर्वाचन गराउने प्रस्ताव राखेको थियो ।

गत मंसिर २८ गते आयोजित प्रमुख तीन दलको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले यो प्रस्ताव राख्दा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड दुबैले सहमति जनाएका थिए ।