१२ कार्तिक २०८३, बिहिबार

संशोधन प्रस्तावमा कांग्रेस पनि एमालेकै धारमा, मिल्यो कुरा !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ पुस । सत्तारूढ दल नेपाली कांग्रेस संविधान संशोधन तत्कालका लागि थाती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको छ ।

पदाधिकारी, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा भएमा राजनीतिक वृत्तमा सकारात्मक सन्देश जाने र संविधान कार्यान्वयनको चरण सुरू हुने बताए ।

‘तत्काल स्थानीय तहको निर्वाचन गर्न सक्ने सम्भावना नभएकाले निकायकै भए पनि निर्वाचन गर्नुपर्छ’, देउवाले भने,‘ संविधान संशोधन प्रस्ताव थाति राखेर भए पनि तत्काल स्थानीय निकायको निर्वाचनको मिति तोक्ने विषयमा प्रधानमन्त्रीसँग र प्रतिपक्षी एमालेसँग छलफल चलाउनुपर्छ ।’