काठमाडौं, ७ पुस । थप बिजुली व्यवस्था नगरिए माघ पहिलो साताबाटै राजधानीमा फेरि अन्धकारयुग सुरु हुनेछ। केही समययता लोडसेडिङमुक्त राजधानीको यो चिन्ता दूर गर्न र आगामी दिन पूरै देश उज्यालो राख्न ऊर्जा मन्त्रालय र मातहत विद्युत प्राधिकरण सक्रिय छन् ।
यही क्रममा भारतबाट थप बिजुली किन्ने प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय ।, नेपाल विद्युुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली विद्युत माग्न दिल्ली पुगेको छ।नागरिक दैनिकले समाचार छापेको छ ।
भारतबाट थप ८० मेगावाट विद्युत ल्याउन सकिए लोडसेडिङ सामना गर्नु नपर्ने भन्दै उनीहरु थप विद्युतका लागि मंगलबार नयाँ दिल्ली उडेका हुन् ।
थप विद्युत ल्याउनेबारे नेपाल र भारतबीच प्रारम्भिक सहमति भएकाले अन्तिम टुंगो लगाउन ऊर्जा टोली भारत गएको हो। टोलीले भारतबाट थप विद्युत ल्याउने ट्रान्समिसन लाइन र अन्य पूर्वाधारबारे निर्णय गर्ने प्राधिकरणका अधिकारी बताउँछन् ।
भारतीय उद्योग परिसंघको निमन्त्रणामा ऊर्जासचिव उपाध्यायको नेतृत्वमा गएको टोलीले भारतबाट विद्युत ल्याउने विषयमा कुराकानी गर्ने ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले बुधबार नागरिकलाई बताए ।
‘लोडसेडिङ अन्त्य गर्ने अभियानमा लागेकाले पनि भारतसँग थप मेगावाट विद्युत आयात गर्न लागिएको हो,’ उनले भने, ‘भारतबाट थप विद्युत आयात नगर्ने हो भने लोडसेडिङ अन्त्य गर्न सकिँदैन ।’














प्रतिक्रिया