१२ कार्तिक २०८३, बिहिबार

राजदूत र कुटनीतिज्ञहरूलाई मर्यादामा बस्न सरकारको कडा चेतावनी

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ पुस । सरकारले काठमाडौंस्थित राष्ट्रसंघीय आवासीय प्रतिनिधिको संयोजनमा नेपालको आन्तरिक राजनीतिक मामिलाबारे यहाँस्थित विदेशी राजदूतले नियमित छलफल र टिप्पणी गर्ने तथा धारणा बनाउने जस्ता गतिविधि जारी राखेकोमा राष्ट्रसंघीय प्रतिनिधिलाई सचेत गराएको छ ।

सरकारले आन्तरिक राजनीतिक परिस्थितिबारे कुटनीतिक समुदयाले गरेको हालैको एक बैठकबारे राष्ट्रसंघीय प्रतिनिधिसँग अनौपचारिक ढंगले जानकारी मागेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले हालै राष्ट्रसंघीय आवासीय प्रतिनिधिसँग कुटनीतिक समुदायको उक्त बैठकबारे सोधपुछ गरिएको थियो ।

गत डिसेम्बर ८ मा राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डले नेपाल स्थित अमेरिका, बेलायत युरोपेली युनियन, चीन, जापान, डेनर्माक र जर्मनीसहतिका मुलुकका राजदूत तथा कुटनीतिक प्रतिनिधिसहितको बैठक डाकेको थियो ।

कुटनीतिक समुदायको बैठकमा सरकारले दर्ता गराएको संविधान संशोधन विधयेकसँगै स्थानीय चुनावको विषयमा छलफल गरिएको थियो ।

नेपालको नितान्त आन्तरिक मामिलामा काठमाडौंस्थित कुटनीतिक समुदायले पटकपटक छलफल गर्नु तथा त्यसबारे टिप्पणी गर्नु गैरकुटनीतिक रहेको सरकारी अधिकारीहरुको भनाई छ ।