१२ कार्तिक २०८३, बिहिबार

अवरोध गर्ने हटेपछि कुलमानले भने- ढुक्क हुनुस् अब लोडसेडिङ तालिका आउँदैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । कुलमान  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनासाथ राजधानी उपत्यका र आपसापका जिल्लामा लोडसेडिङ अन्त्य भयो ।

तिहारको झिलिमिलीपछि लोडसेडिङ बढ्ने त्रास थियो तर, अचानक लोडसेडिङ गायब भयो । मान्छे चकित छन् आखिर के चमत्कार गरे कुलमानले ? यो चमत्कार होइन भने बिजुली कहाँ थियो भन्ने प्रश्न जीवितै छ । किनकी १३ वर्षदेखि जनता अध्यारोको प्रताडना भोग्न बाध्य थिए । अहिले विद्युत प्रणालीमा बिजुली नथपिए पनि लोडसेडिङ समाप्त भएको छ ।

विगतका वर्षमा पनि लोडसेडिङको चर्चा हुन्थ्यो, यसवर्ष पनि यसैको चर्चा भइरहेको छ । फरक यति मात्र छ, विगतमा कति घन्टा लोडसेडिङ हुन्छ भन्ने चर्चा हुन्थ्यो भने यस वर्ष कसरी लोडसेडिङ अन्त्य भयो भन्ने जिज्ञासा ।

त्यही जिज्ञासा कार्यकारी निर्देशन घिसिङसँग नयाँ पत्रिकाले लिएको अन्तवार्ताको क्रममा  घिसिङले अब लोडसेडिङको तालिका नआउने बताएका छन् । उनले उपभोक्तालाई ढुक्क हुन समेत आग्रह गरेका छन् ।

लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन जना सञ्चालकलाई सरकारले बर्खास्त गरेपछि आफ्नो अन्तर्वार्तामा स्पष्ट धारणा राखेका कुलमानले अब काम गर्न सजिलो भएको र लोडसेडिङमुक्त अभियानमा आफूलाई कसैले रोक्न नसक्ने बताए ।

नयाँ पत्रिका दैनिकमा खबर छ ।