
काठमाडौं, ५ पुस । १८ औँ शताब्दीको इतिहास बोकेको जैसीदेवल मन्दिरको उत्खननका क्रममा मानव कंकाल भेटिएको छ ।
पुरातात्विक महत्वको सो सम्पदा २०७२ साल वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएपछि उत्खनन गर्ने क्रममा डढेको अवस्थामा कंकाल भेटिएको हो । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।
कंकाल भेटिएपछि पूरातत्व विभागले परीक्षणका लागि बेलायत पठाउने भएको छ ।
करिब १ सयफिट जमिनमुनि भेटिएको मानव कंकाल र अन्य वस्तुको अनुसन्धान गरिने भएको छ ।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले केही जनावर र मानव हड्डी भेटिएको जानकारी गराउँदै सो विषयमा अध्ययन भइरहेको बताए ।
मानव अवशेष मात्र नभएर थुप्रै पुरातात्विक महत्वका सामग्री भेटिको र ती सामग्री कहिले बनेका हुन् भन्ने विषयमा तिधि र मिति पत्ता लगाउने काम भइरहेको उनले बताए ।














प्रतिक्रिया