१२ कार्तिक २०८३, बिहिबार

दबाबमा देउवा, आफ्नै पार्टीभित्र नौँ महिनासम्म केही गर्न सकेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । गुटबन्दी अन्त्य गर्दै पार्टीलाई विधिविधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्व सम्हालेको नौ महिना बितेको छ तर दुई महिनाभित्र गठन गर्नुपर्ने निकायसमेत अपूर्ण नै छ ।

१३ औँ महाधिवेशनअघिसम्म स्पष्ट दुई गुटमा विभाजित कांग्रेस अहिले आधा दर्जनभन्दा बढी समूहमा बाँडिएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

पार्टीभित्र रहेका अन्य समूहलाई मात्र होइन, निकटकालाई पनि मिलाउन नसक्दा देउावले नेतृत्व सम्हालेको नौ महिनासम्म सबै निकाय रिक्त छन् ।

उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयनसहित विभाग र अन्य निकाय गठन प्रक्रिया समेत शुरु भएको छैन ।

केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीमा भागबण्डा संस्कृति विकास हुँदा गुटबन्दी मौलाएको बताए ।

उपसभापति, महामन्त्री, सहमहामन्त्रीमा झण्डै एक दर्जन नेता आकांक्षी देखिएपछि देउवा अप्ठेरोमा परेका छन् ।

निकटको व्यवस्थापन सहज नभएपछि पदाधिकारी मनोनयनमा विलम्भ भएको स्रोतको दाबी छ ।