काठमाडौं, ४ पुस । भारतीय सुरक्षा निकायमा पनि क्षेत्रीयतावाद र राजनीतिक धारले काम गरेको भन्दै महत्वपूर्ण चार सुरक्षा एजेन्सीका प्रमुखको बढुवा गरिएको विषयमा आलोचना सुरु भएको छ ।
चार भारतीय सुरक्षा प्रमुखमध्ये थल सेना प्रमुखमा लेफ्टिनेण्ट जनरल विपिन रावतको नियुक्तिको मात्र आलोचना भएको हो । साँघु साप्ताहिकले समाचार छापेको छ ।
भारत सरकारले २०७३ पुस २ गते शबिार चारवटा महत्वपूर्ण सुरक्षा निकायका प्रमुखहरूको पदोन्नती गरेपछि नरेनद्र मोदी सरकारको विपक्षी दल कांग्रेस आइलगायतबाट आलोचना भएको हो ।
बिजेपीको मोदी नेतृत्वको सरकारले २०१६ डिसेम्बर ३१ तारिखबाट नियुक्ति पाउने गरी थल सेना प्रमुखमा लेफ्टिेण्ट जनरल विपिन रावत, वायु सेना प्रमुखमा एयर मार्शल वीरेन्द्रसिंह धन्वा, इनेलिजेन्स ब्युरो (आइबी)को प्रमुखमा राजीव जैन र विश्वको राजनीतिका बारेमा अनुसन्धान र अध्ययन गरेर भारतीय सरकारलाई प्रतिवदन बुझाउने गुप्तचर संस्था रिसर्च एण्ड एनालेसिस (रअ)को प्रमुखमा आगामी २ वर्षका लागि अनिल धसमनालाई नियुक्त गरेको छ ।
भारतको बाह्य गुप्तचर संस्था रअको प्रमुखमा उत्तराखण्डकै अनिल धसमनालाई नियुक्त गरिएकोमा विरोध पनि भएको छ । रअको प्रमुखमा नियुक्त गरिका दसमना वलुचिस्तान मामलाका विज्ञ हुन् । ९८१ ब्याजका मध्येप्रदेशबाट आइपीसएस क्याडर रहेका धसमना प्रतिआतंकवाद र इस्लामिक मामलाका जानकार समेत हुन् ।
उनी पाकिस्तान, अफगानिस्तान, मामलाका विज्ञ भएकाले नै उनलाई रअको प्रमुख नियुक्त गरिएको जनाइएको छ ।














प्रतिक्रिया