१२ कार्तिक २०८३, बिहिबार

एमालेले ठान्या होला, फुत्त राजीनामा आउँछ भनेर, म राजीनामा दिन्नः प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले महिनौं संसद् अवरुद्ध भए पनि प्रधानमन्त्री पदबाट राजीनामा नदिने घोषणा गरेका छन् ।

पार्टीको प्रदेश–१ स्तरीय बैठक तथा प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन पारित भई स्थानीय निकायको निर्वाचन नभएसम्म राजीनामा नदिने घोषणा गरेका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

अहिले प्रतिपक्षले आफूलाई प्रधानमन्त्रीबाट हटाउने दाउ हेरिरहे पनि जनताको अधिकार सुनिश्चित नभएसम्म आफूले राजीनामा नदिने उनको भनाइ थियो ।

‘तपाईंहरूलाई लाग्या होला, फुत्तै राजीनामा दिन्छ कि भन्ने, तर म संविधान संशोधन र स्थानीय निकायको निर्वाचन नभएसम्म राजीनामा दिन्न । तपाईंहरू ढुक्क हुनुहोस्,’ बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भने । उनले संसद् अवरोधले आफूलाई यस विषयमा नछुने जानकारीसमेत दिए ।

‘संसद्मा दर्ता भएको विधेयक पारित नगरी र निर्वाचन नगरी म राजीनामा दिन्न, बरु महिनौं संसद् अवरोध खेप्न तयार छु,’ उनले भने । यद्यपि, उनले राजीनामा मागको विषयमा भने केही बताएनन् ।

पार्टीभित्रकै कतिपय नेताहरू आफ्नै पार्टीको सरकारले दर्ता गराएको संशोधन विधेयकविरुद्ध लागेको भन्दै प्रतिपक्ष कुन धुनमा छ भन्ने कुरा आफ्नै पार्टीका कार्यकर्ता र नेताले नबुझेको आरोप लगाए । उनले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक कुनै हालतमा फिर्ता नलिने बताए ।

उनले प्रतिपक्षीले संसद् अवरोध गर्नुभन्दा त्यहीँभित्र प्रस्ताव असफल बनाउन लाग्नु उचित हुने तर्क राखे । राष्ट्रघाती र संविधानकै विरुद्धमा ल्याइएको प्रस्ताव संसद्मा छलफल गर्नै योग्य नरहेको एमालेको भनाइको प्रतिवाद गर्दै उनले सो धारणा राखेका हुन् ।

स्थानीय तहको निर्वाचन गराएर मात्र प्रादेशिक र केन्द्रीय संसद्को निर्वाचन हुनेमा विश्वस्त रहन पनि उनले कार्यकर्तालाई निर्देशन दिए । केन्द्रीय संसद्को निर्वाचन गराउनुपर्छ भन्नुमा पनि ठूलो षड्यन्त्र रहेको उनको दाबी थियो ।