काठमाडौं, ३ पुस । तीन हप्तादेखि अवरुद्ध व्यवस्थापिका संसदको गतिरोध अन्त्यका लागि सभामुख ओनसरी घर्तीले पहल थालेकी छन् ।
यसक्रममा सभामुखले सोमबार (भोलि) विहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा तीन दलका प्रमुख सचेतक र शीर्ष नेतासँग संयुक्त वार्ता गर्नेभएकी छन् ।
सभामुखका प्रेस सल्लाहकार वविन शर्माका अनुसार संविधान संशोधन प्रस्तावले अवरुद्ध हुँदै आएको संसदको गतिरोध हटाउन सभामुखले कांग्रेस, एमाले र माओवादीसँग छलफल गर्न लागेकी हुन् ।
मधेसका माग सम्बोधनका लागि सत्ता पक्ष जुनसुकै हालतमा संशोधन प्रस्ताव अगाडि बढाउने तयारीमा छ भने प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी दलहरु प्रस्तावलाई ‘जनविरोधी र राष्टघाति’ भन्दै यसविरुद्ध सदन र सडकमा आन्दोलन गरिरहेका छन् ।
यसैबीच भोलि नै संसद बैठक बस्दैछ । र, बैठकमा संशोधन प्रस्ताव टेबल गर्ने सरकारको तयारी छ ।











प्रतिक्रिया