काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक ‘राष्ट्रघाती’ हो भनेर प्रमाणित गर्न एमालेलाई चुनौति दिएका छन् ।
आइतबार ललितपुरको जावलाखेलमा गणेशमान सिंहको पूर्ण कदको शालिक अनावरण गर्दै नेता सिंहले प्रक्रियामा गएको संशोधन प्रक्रियालई फेल गरेर देखाउन एमालेलाई चुनौति दिएका हुन् ।
एमाले लगायतका दलहरूले सदन अवरुद्ध गर्दै संसदीय व्यवस्थालाई कमजोर कमजोर बनाउने प्रयास गरेको उनले आरोप लगाए ।
प्रमुख दलहरु जिम्मेवार बनेर संविधान कार्यान्यनको वातावरण निर्माणमा जुट्नु पर्ने उल्लेख गर्दै सिंहले त्यसो नभए मुलुक गम्भीर संकटमा फस्ने सक्ने चेतावनी दिए ।
असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्ने गरी संशोधन प्रस्ताव आएकाले त्यसमा एमालेले पनि साथ दिनुपर्ने उनको भनाई छ ।











प्रतिक्रिया