काठमाडौँ, ३ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक संसद्बाट पारित गर्न नदिने बताएका छन् ।
राजधानीमा आयोजित ‘संविधान संशोधनको प्रस्ताव र राष्ट्रियताको प्रश्न’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितलाई भविष्यमा खतरामा पार्ने भएकाले विधेयक संसद्बाट पास हुन नदिने बताए ।
सरकारले पुस ४ गते संशोधन प्रस्ताव अगाडि बढाउने तयारी गरिरहेका बेला ओलीले भने– ‘विधेयकका कुनै पनि बुँदा समर्थन गर्न योग्य छैनन् । सबै बुँदामा देशलाई अहित गर्ने कुरा लुकेर बसेका छन् । त्यसैले विधेयकलाई संशोधन गरेर पास गर्ने अवस्था छैन ।’
अध्यक्ष ओलीले आफू नझुकेको हुनाले प्रधानमन्त्रीबाट हट्नुपरेको उल्लेख गर्दै भने- ‘म नझुक्दा पदबाट हट्नुपर्यो । अहिलेका प्रधानमन्त्रीले पदका लागि कबुलियत गर्दा पहाडबाट तराइ अलग्याउने राष्ट्रघाति विधेयक आयो ।’
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले विधेयक राष्ट्रियताको प्रश्नसँग जोडिएर आएकाले संसद्मा प्रवेश गर्न नदिएको स्पष्ट पारे ।
निर्वाचन गर्न नसके मुलुक डरलाग्दो अवस्थामा पुग्ने भन्दै उनले सरकारले निर्वाचनको कुरा गरे पनि मिति घोषणा र कानुन बनाउने काम नगरेको बताए ।
उहाँले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन गर्ने सहमति गरे पनि संसद्मा स्थानीय तहको विधेयक दर्ता गराएर सरकारले निर्वाचन गर्न नचाहेको स्पष्ट पारे ।
अध्यक्ष ओलीले आफू नझुकेको हुनाले प्रधानमन्त्रीबाट हट्नुपरेको उल्लेख गर्दै विधेयक प्रचण्डले प्रधानमन्त्री हुनका लागि गरेको कबुलियत भएको बताए । ‘म नझुक्दा पदबाट हट्नुपर्यो । अहिलेका प्रधानमन्त्रीले पदका लागि कबुलियत गर्दा पहाडबाट तराइ अलग्याउने राष्ट्रघाति विधेयक आयो,’ ओलीले भने ।











प्रतिक्रिया