४ मंसिर २०८३, शुक्रबार

सरकार स्थानीय तहको निर्वाचन गर्न केन्द्रित : स्थानीय विकास मन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयन गर्दै अघि बढ्ने क्रममा सरकार स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ ।

सात नं प्रदेशअन्तर्गत बैतडीको सिद्धेश्वर गाविसलाई शुक्रबार बालमैत्री गाविस घोषित गर्दै उहाँले संविधानमा व्यवस्था भएअनुसारका तीन तहको निर्वाचन गर्न सरकार तयार रहेको बताउनुभयो ।

बस्ती विकासका लागि दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै उहाँले धर्मुस सुन्तली फाउन्डेसनले अघि सारेको एकीकृत बस्ती विकासका अवधारणालाई सहयोग गर्न सरकार तयार छ भन्नुभयो ।

उहाँले सबै गाविस, नगरपालिका, प्रदेश र सिङ्गो मुलुकलाई नै बालमैत्री बनाउन सरकार प्रयत्नशील रहेको पनि बताउनुभयो ।

मन्त्री पाण्डेले बालमैत्री सूचक पूरा गर्ने गाविसलाई सरकारबाट प्राप्त हुने बजेटमा केही पुँजीगत बजेट थप गरिने आश्वासन दिनुभयो ।

र्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले प्रथाजन्य कुसंस्कार र भौतिक पूर्वाधारका अभावमा बालमैत्री गाविस घोषणा गर्न नसकिएको बताएका थिए । – रासस