१२ कार्तिक २०८३, बिहिबार

रिक्त डीआईजीमा को-को सिफारिसमा परे ? दुई एसएसपी घर जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । नेपाल प्रहरीको बढुवा समितिले रिक्त रहेको प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदका लागि शुक्रबार तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नाम सिफारिस गरेको छ ।

बढुवा समितिले एक रिक्त डीआईजी र दुई रिक्त हुन लागेको डीआईजी पदका लागि एसएसपीहरु गणेश केसी, रमेश भट्टराई र केदारमानसिंह भण्डारीको नाम सिफारिस गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

सिफारिस नभएको भए एसएसपीहरु केसी, भट्टराई र भण्डारीको १५ पुसमा एसएसपीको ६ बर्से पदावधिका कारण घर जानुपर्थ्यो । यो सिफारिसका कारण अब तीनै जनाको बढुवा हुने भएको छ ।

गोपाल भण्डारीले अवकाश पाएकाले एक डिआइजी पद रिक्त थियो । हेमन्त मल्ल ठकुरी र केशवप्रसाद अधिकारीले ५ पुसदेखि अवकाश पाउँदै छन् ।

नेपाल प्रहरीको नियमावली २०७१ अनुसार सिफारिसविरुद्ध उजुरी सुनुवाई समितिमा उजुरी नपरे नाम सिफारिस भएको १५ दिनभित्र बढुवाको निर्णय हुने प्रावधान छ । बढुवाको सिफारिसमा नपरेका एसएसपीहरु लव विष्ट र बलराम शर्मा पौडेलले भने १५ पुसदेखि अवकाश पाउनेछन् ।