काठमाडौं, ३० मंसिर । भारतीय पक्षको आशीर्वादका कारण उपप्रधान र गृहमन्त्री पद फुत्काउन पाएका विमलेन्द्र निधीले भविष्यमा दुई पद ताक्न थालेको कांग्रेसभित्र टिप्पणी हुन थालेको छ ।
देउवालाई भारतको भुत देखाएर कांग्रेसभित्र आफ्नो दबदबा राख्न सफल निधीले भविष्यमा छिट्टै कांग्रेसबाट ‘म नै प्रधानमन्त्री बन्छु’ भनेर भन्न थालेको स्रोतले जनाएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
पार्टी चलाउन सभापति देउवालाई हम्मेहम्मे परेकाले अब उहाँले सरकार चलाउन सक्नु हुन्न भनेर पनि निधीले आफू निकटकासँग भन्न थालेका छन् ।
देउवालाई भारतको डर देखाएर पदाधिकारी मनोनय गर्न नदिएका निधीले सरकारबाट बाहिरिनेवित्तिकै उपसभापतिमा मनोनीत गर्न दबाब दिने गरेको स्रोतको भनाइ छ । देउवा पनि निधी आफ्नाका लागि सबै हुन् भनेर पछि लागेको आरोप छ ।
उपसभापतिमा मनोनीत भएपछि निधीले १४औँ महाधिवेशनमा सभापतिको दाबी गर्ने स्रोतको भनाई छ । सोहीअनुसार अहिले देखिनै निधीले आफू निकटकालाई सेटिङ मिलाउन थालिसकेका छन् ।
अर्कोतिर पुष्पकमल दाहालपछि बन्ने सरकारको नेतृत्व देउवाले लिने भित्री सहमति छ । तर, देउवालाई प्रधानमन्त्री बन्न नदिन निधीले भित्रभित्रै चलखेल थालेको स्रोतको भनाई छ ।
देउवालाई सहयोग गरेको जस्तो देखाएर हरेक क्षेत्रमा असफल बनाई देउवाको भावी उत्तराधिकारी आफूले हत्याउने दाउमा निधी रहेको उनैका गुटका एक नेताले बताए ।














प्रतिक्रिया