१२ कार्तिक २०८३, बिहिबार

कमल थापाको पार्टी कार्यालय कता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० मंसिर । राप्रपा र राप्रपा नेपालवीचको पार्टी एकीकरणपछि एकीकृत राप्रपाको अध्यक्ष बनेका कमल थापाले पार्टीभित्र निरंकुश गतिविधी चलाउन थालेको रहस्य खुलेको छ ।

पार्टी एकीकरणपछि चावहिलस्थित पार्टी केन्द्रीय कार्यालय बनाउने सहमति भएको थियो । तर, थापा चाबहिलको पार्टी कार्यालयमा जान मन गर्दैनन् ।

उनले पार्टीका सबै बैठक र आफ्ना भेटघाटका कार्य धुम्बाराहीस्थित राप्रपा नेपालको कार्यालयमा गर्ने गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

थापाले चाबिहलको पार्टी कार्यालयलाई बेवास्ता गरेर धुम्बाराहीमै अड्डा जमाएपछि पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्द र डा.प्रकाशचन्द्र लोहीन लुरुलुरु धुम्बाराहीको कार्यालय जाने गरेको स्रोतको भनाइ छ । थापा पार्टीमा हाबी हुन थालेपछि राप्रपाभित्र असन्तुष्टि बढ्न थालेको छ ।

दुई महिनापछि हुने महाधिवेशनमा थापाले अध्यक्ष बन्ने संकेत सबैलाई दिइसकेका छन् । थापाले अध्यक्षमा उम्मेदवारी दिएपछि उनलाई पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीले काउन्टर दिने छन् ।

तर, दुबैलाई थापाले पछार्ने पक्का छ । राजनीतिका माहिर खेलाडी थापाले अहिले देखिनै आफ्नो पक्षमा माहोल बनाइ रहेका छन् ।