काठमाडौं, ३० मंसिर । सिँचाइमन्त्री दीपक गिरीको ५० तोला सुन, डेढ किलो चाँदी र तीन सेट हीरा रहेको छ ।
उनको काठमाडौंमा दुई रोपनी नौ आना जग्गा र तीन तले पक्की घर रहेको उल्लेख छ । राजधानी दैनिकले समाचार छापेको छ ।
यस्तै, दाङमा एक बिघामा पुर्ख्यौली घर, तीन तले पक्कीघर, एक भान्सा घर, एकवटा पाहुना घर र एउटा गोठ रहेको उल्लेख छ ।
यस्तै ग्लोबल बैंक र एभरेस्ट बैंकमा गरी मौज्दात ३ लाख ९४ हजार रकम रहेको उल्लेख छ ।
यस्तै, विभिन्न संस्थामा सेयर र एक स्कार्पियो भ्यान रहेको उनको विवरणमा उल्लेख छ ।














प्रतिक्रिया