१२ कार्तिक २०८३, बिहिबार

गाली खाएपछि सबैथोक गर्ल्यामगुर्लुम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kulman-1काठमाडौं, २९ मंसिर । मन्त्रीले फोनमै सातो टिपे, ‘तपाईं यो के–के गर्दै हुनुहुन्छ हँ ?’ जवाफ दिए, ‘हैन हजुर, मैले त त्यस्तो केही गरेको छैन ।’ तर, मन्त्री साम्य भएनन् । भने, ‘अभिनन्दन, सभिनन्दन के हो ? यो सब बन्द गरेर खुरुखुरु कम गर्नुस् !’ यसपछि डिढसेम्बर ११ (आइतबार) बिहान ९ बजेर ५८ मिनेट जाँदा उनले फेसबुकमा लेखे, ‘मेरो नागरिक अभिनन्दन भनेर गलत प्रचार गरी भ्रम फैलाउने काम भएकोले यस्ता कुरामा नलाग्न हार्दिक अनुरोध छ ।’

लोडसेडिङ अन्त्य गरेको नाममा हाई–हाई कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आइतबार बिहान उर्जामन्त्री जनार्दन शर्माले झाँटेपछि उनले तत्कालै फेसबुकमा स्ट्याटस लेखे, अनि कर्मचारीहरूलाई बोलाएर स्टोरका सामान लुकाइहाल्नु भनी अनुरोध गरे । यदि, जनार्दनले कुलमानलाई फोन गरेर थर्काएका थिएनन् भने बिहीबार अपरान्ह ३ बजे बसन्तपुरमा रयातासहित उनको नागरिक अभिनन्दन हुँदै थियो, लोडसेडिङ अन्त्य गर्ने भगवानका रुपमा । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

अहिले पनि विद्युत प्राधिकरणको स्टोरमा गयो भने देख्न सकिन्छ, त्यसदिनका लागि तयार पारिएका टिसर्टहरू, जसमा ‘कुलमान हाई–हाई’ लेखिएका फोटो स्केच अंकित छन् । आफ्नै लगानीमा पाँच हजार थान टिसर्ट तयार पारिसकेका थिए । तर मन्त्रीले गाली गरेपछि सबै कुरा बन्द भयो । भोलिपल्टका केही दैनिक अखबारमा सूचना नै छापेर निराधार हल्ला भनी खण्डन आयो ।

तर, जसरी अहिले कुलमान ‘हाई–हाई’ भएका छन्, वास्तविकता भने फरक रहेछ । बरु, जनताको घरमा बिजुली बान्े नाममा नेपालको उर्जामा भारतीय एकाधिकार सुरुवात गरिएको रहेछ । प्राकृतिक रुपमा बढेको विद्युत क्षमताका भरमा लोडसेडिङ घटाएर कुलमानले ‘हाई–हाई’ त कमाए । तर, किन्नुनपर्ने बिजुली किनेर अनि तयार भइसकेका स्वदेशी परियोजना अबरुद्ध पारेर विद्युतमा भारतीय हस्तक्षेपलाई नेपालमा कसरी पल्काइँदैछ ? हेरौँ यसको नमूना ।

अहिले घटेको लोडसेडिङको मुख्य कारण हो, भारतसँगको महंगो दरमा किनिएको बिजुली । भारतसँग नेपालले प्रति युनिट ९ रुपियाँ ७२ मैसामा बिजुली किनेर नेपाली उपभोक्तालाई विद्युत प्राधिकरणले ५ रुपियाँ ५० पैसामा प्रतियुनिटका दरले बिक्री गरेको छ । अर्थात, एक युनिट बिजुलीमा ४ रुपियाँ २२ पैसा घाटा खाएर कुलमानले देशलाई लोडसेडिङमुक्त गराएका हुन् ।

त्यति नै क्षमतामा विद्युत उत्पादन हुने परियोजनाहरू नेपालमा तयार भइसकेका छन् । तर तिनलाई ग्रिडमा जोड्ने फुर्सद छैन । भारतीय लाइन भनेकै बेला तुरुनतै जोडिनु स्वदेशी उत्पादनका परियोजना नजोडिनु भनेको नेपालको बिजुलीमा भारतले कब्जा जमाउन नखोजेर के हो ? त्रिशुली थ्री ए मात्रै तयार भयो भने पनि सामान्यतय ६० मेगावाटको बिजुलीको दुःख हुँदैन ।