१२ कार्तिक २०८३, बिहिबार

प्रचण्ड–ओली नजिकिँदै गर्दा देउवाका कारण प्रचण्डफेरि अप्ठ्यारोमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3-party-meeting-prachand-sherbahadur-deuba-and-kp-oliकाठमाडौं, २९ मंसिर । संविधान संशोधन विधेयक थाती राखेर निर्वाचन घोषणा गर्ने सोँचाइमा रहेका प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवाले अप्ठ्यारो पारिदिएका छन् ।

बालुवाटारमा मंगलबार भएको छलफलमा देउवा संशोधन विधेयकलाई मतदान प्रक्रियामा लैजानुपर्ने अडानमा रहेपछि प्रचण्ड अप्ठ्यारोमा परेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

प्रचण्ड विधेयकलाई थाती राखेर एमाले अध्यक्ष केपी ओलीकै प्रस्तावअनुसार निर्वाचनसम्बन्धी विधेयक ससदमा ल्याएर निर्वाचन मिति घोषणा गर्न पक्षमा उभिएका बेला गठबन्धनकै नेता देउवाबाट फरक मत आएपछि नयाँ संकट जन्मिएको हो ।

ओलीले दाहाललाई संशोधन विधेयक थाती राखेर निर्वाचनसम्बन्धी विधेयक सदनमा ल्याए आफूहरुले पूर्ण सहयोग गर्ने आश्वासन दिँदै आएका छन् ।

‘संशोधन विधेयकलाई संसदमा मतदान प्रक्रियामा लैजादा एमालेलाई के आपत्ति हुन्छ ? ओलीजीले पहिले पनि सहमति जनाएकै विषय त छन्, संशोधन विधेयकमा । त्यसपछि निर्वाचनमा जाऊँ’, देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो ।

बैठकमा ओलीले संशोधन विधेयक फिर्ता लिएर मुलुकलाई निर्वाचनमा लैजानुपर्ने अडान राखेका थिए ।