काठमाडौं, २९ मंसिर । काठमाडौको जोरपाटीस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्युको रक्सीको कारण नभई हत्या भएको तथ्य खुलेको छ ।
प्रहरी स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको पोष्टमार्टम गरिँदा रिपोर्टमा मादक पदार्थ सेवन गरेको नदेखिएपछि उनको हत्या भएको निकर्षमा प्रहरी पुगेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको नेतृत्वमा बनेको छानबिन समिति रक्सी खाएको भनिए पनि उनको मृत्यु हत्याबाटै भएको निष्कर्षमा पुगेको हो ।
छानबिन समितिका संयोजक एसएसपी खनालले अनुसन्धान टुंगिनसकेको जनाउँदै थप अनुसन्धान भइरहेको र केही शंकास्पद अवस्था आएकाले छानबिन त्यतातिर मोडिएको बताए ।
स्रोतका अनुसार ट्याक्सी भाडाको विषयमा कुरा नमिल्दा लामालाई इटा प्रहार गरी हत्या गरिएको हो । सो घटनाको विषयमा अनुसन्धानका लागि मंलगबार साँझ प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । तर यसलाई प्रहरीले गोप्य नै राखेका छ ।














प्रतिक्रिया