काभ्रे, २८ मंसिर । स्थानीय शिक्षकको नेतृत्वमा स्कुलको खेलमैदानमा नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै छातीमा लात्तीले हानेर घाइते बनाइएकी काभ्रे सानो वाङथलीकी लक्ष्मी परियारको मृत्यु भएपछि मानवअधिरकर्मी टोलीले सोमबार स्थलगत अध्ययन गरेको छ ।
टोली लक्ष्मीको घरमा पुग्दा ताला लगाइएको थियो । कुटपिट गर्ने शिक्षकसहित मृतकका श्रीमान्लाई पनि प्रहरीले हिरासतमा लिएकाले तीन बालक छिमेकीको घरमा शरणार्थी बनेका छन् ।
आयोगका अधिकृत नितु गर्तौला, दीपकुमार यादव, मुक्तिनाथ श्रेष्ठ, काभ्रेका मानवअधिकारकर्मी भोजराज तिमल्सिना, राष्ट्रिय दलित आयोगका सदस्य रुपबहादुर परियार, मणित बि।क र कोपिला बि।क लगायतको टोली घटनास्थल पुगेको हो ।
गत मंगलबार स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले बोक्सी भन्दै लक्ष्मीलाई मलमूत्र खुवाएर कुटपिट गरेका थिए । लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको थियो ।
उनीसँगको कुराकानीपछि प्रत्यक्ष रुपमा दिसा खुवाएर कुटपिट गरेको देख्ने ३० वर्षिय शान्ता परियार मेरो जहिले पनि ढाड दुख्ने समस्या थियो । औषधी उपचार गर्दा पनि नहुने । चौटोलमा ढाड दुखेको भन्दै विद्यालय भन्दा माथिपट्टि म र आमासँग हुनुहुन्थ्यो । हिरा सर र उनकी आमा काइली मायाँ लामा मोटरसाइकलमा तलतिर झर्दै थियो । हामी पहेली तामाङको घरमा गफ गरी रहेका थियौं ।
सरले तल जाने होइन लक्ष्मीले गाली गलौज गरेर अपशक्द बोल्नु भएको छ महिला समूहले मिलाउन जाने होइन भने । म माइती पटिको आमासँगैँ थिए घरबाट आएको । तर उनीहरुको केही होला म एउटा कामले आएको किन जानु भनेर गएन । केही समयपछि बच्चाको चिच्याएको आवाज मेरो काममा पर्यो । म त्यहाँ पुग्दा पोलमा डोरीले बाँधेर प्लाष्टिकमा दिसा दिएर हिराको आमाले खुवाउने हिराले समात्ने छातीमा हिर्काउने गर्दै रहेछ ।
शिक्षक भएर किन यस्तो गरेको भने । त्यसमा आमाले मुखमा खुवाउन र अनुहारभरि दलेको देखे । फेरि हिरासरले लक्ष्मीलाई छातीमा हिर्काउने, थिच्ने र कपालमा कुल्चीने गरेको देखेर मैले सहनै सकेन । रिसले खप्न सकेन मैले भने महिला माथि किन यसरी हात हालेको भन्दा हिराले मलाई तिमीले देखेको छ के छ तिमीसँग प्रमाण भनेर कुटला झै गरे ।
मैले दोहोराएर फेरि भने तपाई जस्तो विद्यालयमा पढाउने शिक्षक अनि लेखापालजस्तो मान्छे भएर हातपात गर्ने र दिसा खुवाउने फेरि मैले भने तपाईको आमाले छातीको पिटेको भए हुन्थ्यो तर तपाईले डोरीले बाँधे र पिटने भन्दै मैले छुटाए ।
पछि उनले विद्यालय नजिक रहेको छेडुब लामाको घरमा रहेको चिरपट लिएर गएको र भाग्दा भाग्दै खुट्टामा तिन चार पटक हानेको देखे पछि लक्ष्मीले पनि ढुंगाले हिँर्काउदा के भयो म मेरो घर लागे अरु मैले केही देखिएन अध्यारो थियो ।














प्रतिक्रिया