१२ कार्तिक २०८३, बिहिबार

ओलीले सोधे– संविधानको कुन धाराले निर्वाचन गराउन रोकेको छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-oliकाठमाडौं, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारसँग तत्काल निर्वाचन घोषणा गर्न र त्यसको तयारीमा जुट्न माग गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले निर्वाचनको घोषणासँगै त्यसका लागि आवश्यक कानुन निर्माणमा जुट्न सरकारलाई सुझावसमेत दिए । राजधानी दैनिकले समाचार छापेको छ ।

संविधान संशोधन गरेर निर्वाचनको तयारीमा जुट्ने बताउँदै आएको सरकारलाई उनले अहिलेको संविधानको कुन धाराले निर्वाचन गराउन रोकेको छ भन्ने तिखो प्रश्न गर्दै संविधान संशोधन आवश्यक नै नभएको बताए ।

‘सरकारले संविधान संशोधनपछि मात्रै निर्वाचन गर्ने भनेर रटान लगाइरहेको छ, निर्वाचन गर्न संविधान संशोधन गर्नैपर्दैन र त्यो आवश्यक पनि छैन,’ ओलीले भने, ‘अहिलेको संविधानको कुन धाराले निर्वाचन गराउन रोकेको छ रु यो संशोधनको कुन धाराले चाहिँ निर्वाचन गराउन बाटो खोल्छ, त्यो भनिदिनुप-यो ।’

नेपालमा मुज्जाफिरहरु खुलमखुला हिडिरहेकोमा आपत्ति जनाउँदै ओलीले भने, ‘बंगलादेश टुक्रयाउने बेलामा मुज्जाफिर नामका एक सरकारी व्यक्तिले राज्यको सूचना चुहाएका थिए, अहिले नेपालमा यस्ता सयौं मुज्जाफिर खुलमखुल्ला हिँडिरहेका छन् ।’

आफूले गतवर्ष नै तिहारपछि आधारभूत रुपमा लोडसेडिङ अन्त्य गर्छु भनेको कुरा स्मरण गर्दै उनले आफू प्रधानमन्त्री रहेका बेला भारतसँग भएको ८० र २० मेगावाटको विद्युत सम्झौताका कारण अहिले लोडसेडिङ अन्त्य भएको बताए । ‘यो सरकारले जादु गरेर नभई भारतसँग आफूले गरेको सम्झौताअनुसार विद्युत आएर लोडसेडिङ अन्त्य भएको हो,’ उनले भने ।

राष्ट्र र जनताको हित एवं चाहनाअनुसार आफूले गरेको बताउँदै उनले माओवादीले लुटेको धनले सञ्चालित सञ्चारमाध्यमलाई नपचेको बताए । माओवादीले लुटेको धनबाट सञ्चालित सञ्चारमाध्यमले असभ्य एवं निकृष्ट रुपमा आफ्नो विरुद्धमा लेखिरहेको आरोप उनले सार्वजनिक रुपमै लगाए ।

‘माओवादी पार्टीको नामै ‘माओवादी केन्द्र’ छ,’ यो पार्टीको गाउँ, जिल्लामा जनाधार नभएको बताउँदै उनले भने, ‘माओवादी पार्टीको नामै माओवादी केन्द्र छ, यसमा तल मान्छे नै छैनन्, भएजततिका सबै केन्द्रीय सदस्य छन् । चार हजार जना कसरी पुगे मलाई अचम्म लागिरहेको छ ।’

विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका ९० जनालाई पार्टी अध्यक्ष ओलीले टीका लगाएर स्वागत गरेका थिए । संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य एवं खसान प्रदेश इन्चार्ज वीरेन्द्रबहादुर बोगटी, केन्द्रीय सदस्य तथा मगरात सहइन्चार्ज एवं संगठन विभाग सदस्य टोपबहादुर वली, केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज प्रकाश अधिकारी, केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख ओमकृष्ण प्रसाईं फोरम पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् ।

यसैगरी, केन्द्रीय सदस्य तथा राज्य व्यवस्थापन विभागका सदस्य राजेन्द्रप्रसाद खनाल, संघीय प्रेस फोरम नेपालका वरिष्ठ उपाध्यक्ष सुकदेव चाम्लिङ, नेवा प्रदेश कमिटी सदस्य कृष्ण केसी, खेलकुद विभागका सदस्य शान्तादेवी थेवे, भवानीशंकर श्रेष्ठ, हुमबहादुर गईदेल, अर्जुन पुरी, श्रवण साह, राम बिष्ट, किरण गुरुङ, सत्य शेर्मा, विनोद रानामगर, राकेश लामालगायतका रहेका छन् ।