१२ कार्तिक २०८३, बिहिबार

सरकारी अस्पतालका महँगा स्वास्थ्य उपकरण बेकाम्मे, जनतालाई दुःख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bir-hospitalकाठमाडौं, २३ मंसिर । मुलुकका प्रमुख अस्पतालहरूमा सरकारले अर्बौ रूपैयाँ खर्चेर खरिद गरेका स्वास्थ्य उपकरणहरू बेकम्मा भएर थन्किएका छन् ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन क्षेत्रीय अस्पताल पोखरा र अन्य अस्पतालका उपकरण मर्मत नगरी थन्क्याइएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

नयाँ खरिद गर्दा कमिसन पाइने भएकाले बिग्रिएका महंगा उपकरणहरू मर्मत नगरिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार जिल्ला अस्पतालसहित मुलुकमा १ सयभन्दा बढी सरकार अस्पताल छन् ।

मुलुकको सबैभन्दा पुरानो अस्पताल वीरमा मात्रै करोडौका उपकरण थन्क्याएर राखिएको छ ।

वीरमा युरोलोजी, न्यूरो, कार्डियो र जनरल सर्जरी, इएनटी, रेडियोलोजी,आँखा, फिजियो, ग्यास्ट्रो र अन्य रोगसँग सरोकार राख्ने उपकरण बिग्रिएको भन्दै थन्क्याएर राखिएको छ ।