१२ कार्तिक २०८३, बिहिबार

एनआईडीसीका अवैध सिइओसँग अर्थमन्त्रीको साँठगाँठ

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-maharaकाठमाडौं, २३ मंसिर । बैकिङ कसुरमा कारवाही भोगेका एनआइडीसी डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवजी राय यादवलाई हटाउन कुनै पनि अर्थमन्त्रीले नसक्ने भएका छन् ।

यसअघिका अर्थमन्त्रीहरुले भित्रभित्रै यादवबाट करोडौं आर्थिक लाभ लिएर थमौती गरेका थिए भने वर्तमान अर्थमन्त्री कृष्णबहादुर महरा पनि यसबाट अछुतो रहेनन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार महराले पनि पूर्व अर्थमन्त्रीहरुले झै यादवबाट करोडौं आर्थिक लाभ लिइसकेको हुँदा एनआइडीसीमा यादव थमौती भएका हुन् । यद्यपी उनको पद अझै पनि अवैध छ ।

स्रोतका अनुसार पूर्व अर्थ राज्यमन्त्री एवम् विवादास्पद माओवादी सभासद् ल्यारकेल लामाले महरासँग सेटिङ मिलाएपछि महरा यादवको प्रभावमा परेका हुन् ।

महराले यादवबाट पाँच करोड आर्थिक लाभ लिएको आशंका गरिएको छ । यादवको भारतीय गुप्तचर संस्था ‘रअ’ का अधिकारी, पूर्व अर्थमन्त्री रामशरण महत, कांग्रेस नेता अम्रेशकुमार सिंह, व्यापारी दिपक मल्होत्रा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलगायतसँग राम्रो सम्बन्ध रहेका कारण महराले पनि जोखिम नमोली यादवसँगै साँठगाँठ गरेको स्रोतले बतायो ।

एनआईडीसीमा गैरकानुनी रुपमा सिइओको हैसियतमा रहेका यादव बैंकिङ कसुरमा कारबाही भोगी धरौटीमा छुटेका व्यक्ति हुन् । नेपाल राष्ट्र बैंकको नियममा बैंकिङ कसुरमा कारबाहीमा परेको वा कालोसूचीमा परेको व्यक्तिलाई सजाय पाएको ३ वर्षसम्म कुनै पनि बैंक तथा वित्तिय संस्थाको सञ्चालक हुन नपाउने उल्लेख छ ।

तर, एउटा संस्थामा कारवाही परेर हटेको व्यक्ति अर्को संस्थामा झनै बोर्ड र व्यवस्थापन दुबै निकायमा काम गरिरहँदा पनि राष्ट्र बैंक आफै मौन रहँदै आएको छ ।

सामान्य घुस खाएको अभियोग लागेको व्यक्ति मुद्दा चल्नासाथ तत्काल निलम्बन हुन्छन् । तर ११ करोड भन्दा बढीको घोटलाको अभियोग लागेर अदालतमा मुद्दा खेपिरहेका राय अझै पदमा छन् ।

यादवले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) को कारबाही पछि उक्त पद छाड्नु पर्ने थियो । उनको सिइओ पदको म्याद २०७० भदौ १ गते नै समाप्त भइसकेको थियो ।

तर, उनी हालसम्म पनि अवैध रुपमा बैंकमा सिइओको हैसियतमा काम गरिरहेका छन् । यादवले एमाले नेता झलनाथ खनाल, माधवकुमार नेपाल देखी अध्यक्ष केपी शर्मा ओलीसम्मलाई पनि प्रभावमा पार्दै आएका छन् ।