१२ कार्तिक २०८३, बिहिबार

मेलम्चीको सुरुङमा भेटिएको पहेँलो धातुबारे आयो यस्तो रिपोर्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold-at-melamchiकाठमाडौं, २२ मंसिर । मेलम्चीको सुरुङ खन्दा निस्केको चम्किलो पहेँलो धातु माइका भएको पत्ता लागेको छ ।

खानी तथा भूगर्व विभागको प्रयोगशालामा गरिएको परीक्षणमा सुरुङ खन्दा भेटिएको नमूनाको वरिपरि चम्किने पदार्थमाइकाका केही टुक्रा मात्र टाँसिएको र भित्रि भाग चट्टान भएको भेटिएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

विभागका सिनियर जिओलोजिष्ट धर्मराज खड्काले भने, ‘हामीले मेलम्चीबाट ल्याएको नमुनाको सुन र तामा हो कि भनेर रासायनिक र भौतिक परीक्षण गर्यौँ तर त्यसमा चम्किने पदार्थ माइकाबाहेक अरु केही पनि भेटिएन । नमूनामा सुन र तामाको कुनै गुण छैन ।’

सुरुङ खन्दै गर्दा भेटिएको पदार्थ सुन हो भन्ने आशंकामा विभागको प्रयोगशालामा आइतबार नमूना ल्याइएको थियो ।

विभागका वैज्ञानिकले आइतबार र सोमबार दुई दिन लगाएर रासायनिक र भौतिक परीक्षण गरेको थियो । नमूना वरिपरि सुन जस्तै चम्किने माइकाका टुक्रा भएकाले सुन हुन सक्ने आशंका गरिएको थियो ।

बरु त्यो क्षेत्रमा माइका हुन सक्ने अनुमान गरिएको छ । बिजुलीका तारबाहिर इन्सुलेटर निर्माण गर्न माइकाको प्रयोग गरिन्छ ।