काठमाडौं, १९ मंसिर । सीमांकन हेरफेरको विरोधमा अर्घाखाँचीमा चार दिनदेखि विरोध प्रदर्शन भइरहेको छ ।
प्रदर्शनकारीले शनिबार पनि अघाखाँची ठप्प पारेका छन् । अर्घाखाँचीमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र सत्तारुढ कांग्रेस पनि आन्दोलनमा छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
चार दिनदेखिको लगातार बन्दले जिल्लाको जनजीवन प्रभावित भएको छ ।
संयुक्त संघर्ष समितिले गरेको अनिश्चितकालीन बन्दका कारण शनिबार पनि सदरमुकाम सन्धिखर्कलगायत मुख्य बजार ठप्प रहे ।
उद्योग वाणिज्य संघले आह्वान गरेको बन्दलाई सम्पूर्ण राजनीतिक दल र नागरिक समाजले पनि ऐक्यबद्धता जनाएका छन् ।
शनिबार बन्दका कारण सवारीसाधन, पसल र उद्योगधन्दा पूर्ण रूपमा बन्द भए ।














प्रतिक्रिया