१२ कार्तिक २०८३, बिहिबार

दाहाल र वैद्य माओवादीवीच कार्यालय प्रयोगमा विवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal-prachand-maoकाठमाडौं, १९ मंसिर । माओवादी केन्द्र र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच कुपन्डोलस्थित पार्टी कार्यालय प्रयोगका सम्बन्धमा विवाद बढेको छ ।

नेकपा–माओवादीबाट अलग भएर पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रमा गएका रामबहादुर थापा पक्षधर कार्यकर्ताले कुपन्डोलस्थित पार्टी कार्यालय आफूहरूले प्रयोग गर्ने दाबी गरेपछि विवाद उत्पन्न भएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

पार्टी कार्यालय परिसरमा रहेको वैकुण्ठ–चेत स्मृति सांस्कृतिक कक्षको प्रयोग गर्ने विषयमा विवाद देखिएको हो ।

साता दिनअघि मात्र दाहाल पक्षधर कार्यकर्ताले कार्यालयको मूल ढोकामा ताला लगाए । लगत्तै वैद्य पक्षधरले तोडे ।

दाहाल पक्षधर कार्यकर्ताले आफ्नो पार्टीको झन्डा निकालेको भन्दै पार्टी कार्यालयमा मगर राष्ट्रिय मुक्ति मोर्चाको बोर्डै ल्याएर राखे ।

अहिले पार्टी कार्यालयमा नेकपा–माओवादी पार्टीको नेवाः राज्य कार्यालयसहित दुवै पार्टीको बोर्ड छ ।